बिहीबार, जेठ २, २०८२

‘गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसक्यो तर सरकार लजाउँदैन’

नेपालखोज २०८२ जेठ २ गते १२:२०

काठमाडाैं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकारले लाज नमानेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकारले लाज नमानेको टिप्पणी गरे । उनले भने, ‘अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि जाउँछ तर हाम्रो सरकार लजाउँदैन ।’

राजनीतिक दलको सदस्य गभर्नर बन्न नसक्ने भन्दै सिंहले चुनाव लडेको मान्छे राजनीतिक दलकै सदस्य हुने जिकिर गरे । हरेक पदमा राजनीतिक दलकै कार्यकर्ता खोज्ने प्रवृत्ति हातक भएको पनि सांसद सिंहको भनाइ छ ।

प्रतिक्रिया