बिहीबार, जेठ २, २०८२

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

नेपालखोज २०८२ जेठ २ गते १८:१९

काठमाडौं । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ ।

सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका हुन् ।

फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुगेका र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

प्रतिक्रिया