शनिबार, जेठ ४, २०८२

एक लाख भन्दा बढी अफगान शरणार्थी घर फर्किए

नेपालखोज २०८२ जेठ ३ गते २०:०९

काबुल । अफगानिस्तानको शरणार्थी तथा पुनस्र्थापन मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार पछिल्ला ४२ दिनमा एक लाख ७० हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएका छन् ।

सन् २०२५ अप्रिल १ देखि मे १२ सम्म जम्मा एक लाख ७० हजार ९३७ शरणार्थीहरू अफगानिस्तान फर्किएका छन्, जसमध्ये एक लाख २८ हजार ४८ पाकिस्तानबाट र बाँकी ईरान तथा टर्कीबाट फर्किएका हुन्, स्थानीय सञ्चारले बिहीबार राति जनाएको छ । साथै, पाकिस्तानले उक्त अवधिमा तीन हजार ३७२ अफगान नागरिकहरूलाई जेलबाट रिहा गरी आफ्नो देश फर्काएको जानकारी पनि दिइएको छ ।

गत एक वर्षमा करिब २० लाख अफगान शरणार्थी, मुख्यतया पाकिस्तान र ईरानबाट, अफगानिस्तान फर्किसकेका छन् र यो प्रक्रिया निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया