शनिबार, जेठ ४, २०८२

युक्रेनको पक्षमा लडिरहेका अष्ट्रेलियालीलाई रुसकाे जेल सजाय

नेपालखोज २०८२ जेठ ४ गते ८:२२

काठमाडाैं । रुससँगको युद्धमा युक्रेनको पक्षमा लडिरहेका एक अष्ट्रेलियाली व्यक्तिलाई रुसी सेनाले पक्राउ गरेको छ । रुसी-नियुक्त अभियोजकहरूले अष्ट्रेलियाली पुरुषलाई १३ वर्षको जेल सजाय सुनाइएको बताए । उनलाई रुसको उच्च सुरक्षा जेलमा राखिनेछ ।

३३ वर्षीय ओस्कर जेनकिन्सलाई शुक्रबार रुसी नियन्त्रित अदालतले पूर्वी युक्रेनमा ‘भाडाका सैनिक’को रूपमा लडाएको आरोपमा दोषी ठहर गरेको छ । जेनकिन्स मेलबर्नका एक शिक्षक हुन् जसलाई गत वर्ष डिसेम्बरमा लुहान्स्क क्षेत्रमा पक्राउ गरिएको थियो ।

अभियोजकहरूले भने कि ओस्कर जेनकिन्स फेब्रुअरी २०२४ मा युक्रेन आइपुगेका थिए । रुसी सैनिकहरू विरुद्धको सैन्य कारबाहीमा भाग लिएबापत उनलाई हरेक महिना ६ लाखदेखि ८ लाख रुबलसम्म भुक्तानी गरिएको आरोप लगाइएको थियो । बीबीसी

प्रतिक्रिया