शनिबार, जेठ ४, २०८२

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

नेपालखोज २०८२ जेठ ४ गते १७:०३

काठमाडौं । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १।४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उक्त तथ्याङ्क सङ्घीय तथ्याङ्क सेवा (रोसस्टाट) द्वारा सार्वजनिक गरिएको हो ।

यस वृद्धि दरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैङ्कले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ । मन्त्रालयले १.७ प्रतिशत र केन्द्रीय बैङ्कले दुई प्रतिशत वृद्धिको अपेक्षा गरेका थिए ।

समग्र वर्षको लागि आर्थिक विकास मन्त्रालयले २.५ प्रतिशत वृद्धि हुने विश्वास व्यक्त गरेको छ भने केन्द्रीय बैङ्कले एक देखि दुई प्रतिशतको दायराभित्र वृद्धि हुने अनुमान गरेको छ ।

प्रतिक्रिया