इजरायलले गाजामा नयाँ कारबाही सुरु गर्यो
नेपालखोज
२०८२ जेठ ४ गते १८:३४

काठमाडाैं । इजरायली सेनाले हमासको अन्त्य र बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न गाजामा नयाँ अपरेशन सुरु गरेको छ ।
इजरायली रक्षा बलले लेखेको छ, ‘यसले ‘अपरेशन गिदोनको रथ’ को लागि आफ्नो सेना जम्मा गरेको छ । यस अपरेशनको उद्देश्य गाजा पट्टीमा अवस्थित प्रमुख रणनीतिक क्षेत्रहरूको नियन्त्रण प्राप्त गर्नु हो ।’
इजरायल रक्षा बलले आफ्नो अंग्रेजी एक्स एकाउन्टमा यो अपरेसनको नाम प्रयोग गरेको छैन । उक्त पोस्टमा भनिएको छ कि यो अपरेसन तबसम्म जारी रहनेछ, जबसम्म हमास इजरायली बन्धक र इजरायलनिम्ति खतरा रहँदैन ।
इजरायली रक्षा बलले पछिल्लो २४ घण्टामा गाजापट्टीका १५० भन्दा बढी स्थानलाई निसाना बनाएको छ । बीबीसी ।
सम्बन्धित
प्रतिक्रिया