आइतबार, जेठ ५, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

नेपालखोज २०८२ जेठ ५ गते १३:१३

काठमाडौं । नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ तामाङ डाँडा बस्ने ३१ वर्षीय रिपिन ढेगा मगरलाई नियन्त्रित लागूऔषध स्पास्मो २४५ ट्याब्लेट र नाइट्राभेट २६ ट्याब्लेटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय दिपक थारू र १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ११० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३० बस्ने ३३ वर्षीय एन्जल ओली र काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका २९ वर्षीय सुशिल लामा रहेका छन् ।

इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ३८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिमको बर्दघाट नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल र प्रोमेथाजाइन ८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३० सिसुवा बस्ने ३७ वर्षीय किशोर खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको गौरीगंज गाउँपालिका-२ आँपगाछि बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २२ वर्षीय सुजन तोलाङ्गी र दमक नगरपालिका-३ फनपार्क बस्ने १९ वर्षीय मिङसो लिम्बु रहेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले भारतबाट तुलाचन चोकतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ८२०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका हनुमान कम्प्लेक्सस्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६६० मिलिग्राम र नगद ४ हजार १ सय रूपैयाँ सहित सोही नगरपालिका-४ बस्ने २६ वर्षीय संजोग लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मे.११ प ८६५६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया