अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
नेपालखोज
२०८२ जेठ ६ गते ६:२३

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ । क्यान्सर उनको हड्डीसम्म फैलिएको आइतबार उनको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।
बीबीसीका अनुसार ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि क्यान्सर भएको पत्ता लागेको हाे ।
यो क्यान्सरलाई आक्रामक प्रकारको क्यान्सर भनिएकाे छ । क्यान्सर रिसर्च यूकेका अनुसार यसको अर्थ उनको रोग हाई–ग्रेडको श्रेणीमा पर्छ र क्यान्सर कोषहरू छिटो फैलन सक्छन् ।
बाइडेन र उनको परिवारले उपचारका विकल्पहरूको समीक्षा गरिरहेको बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ । यसको अर्थ यो नियन्त्रण गर्न सकिने सम्भावना छ भन्ने हो । बीबीसी
सम्बन्धित
प्रतिक्रिया