सोमबार, जेठ ६, २०८२

राष्ट्रियसभाको बैठक पनि बस्दै, यस्ताे छ कार्यसूची

नेपालखोज २०८२ जेठ ६ गते ७:०७

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक अपराह्न १ः१५ मा बस्दै छ ।

राष्ट्रियसभाको आजकाे बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नेद्छन् । नेपालको चलचित्र उद्योगलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने लक्ष्यका साथ सरकारले सो विधेयक ल्याइएको बताउँदै आएको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रधस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्राल र युवा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

प्रतिक्रिया