सोमबार, जेठ ६, २०८२

मोटरसाइकल दुर्घटना, एक जनाको

नेपालखोज २०८२ जेठ ६ गते ११:११

काठमाडाैं । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका-५ सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा दाङकाे गडवा गाउँपालिका-३ गोवडिया घर भएका २७ वर्षीय निशान चौधरीको मृत्यु भएको हाे ।

सेउघा-सिमाघाट-धुर्कोट सडकको सिमाघाटबाट तम्घास आउँदै गरेको लु ७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

चौधरी इन्द्र एम.के जेभी निर्माण सेवाका इन्जिनियर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया