‘मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ’

दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गरेका छन् ।
अध्यक्ष दाहालले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका हुन् । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित छन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित छन् ।
त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष दाहालले प्रदान गरे ।
याे अवसरमा अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारे ।
उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया