सुनुवासम्पती सुद्धीकरण ऐनको बिपरित कार्य गर्नै एक दर्जन ब्रोकर कम्पनीलाई कारवाही

काठमाडौं । नियम बिपरित काम गर्ने कम्पनीबिरुद्ध नेपाल धितोपत्र बोर्ड एक्सनमा उत्रिएको छ । बोर्डले झण्डै एक दर्जन ब्रोकर कम्पनीहरुलाई कारवाही गरेको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले ११ वटा संस्थालाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) ऐन, २०६४ को दफा ७फ. को उपदफा (१) को खण्ड (क) बमोजिम मिति २०८२।०१।२५ को निर्णयानुसार लिखित रुपमा सचेत गराईएको हो ।
बोर्डका अनुसार कारवाही गरिएका कम्पनीमा ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्काट्र्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेयक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल रहेका छन् ।
प्रतिक्रिया