मंगलबार, जेठ ७, २०८२

‘गाजामा २० लाख मानिसहरू भोकमरीको सामना गरिरहेका छन्’

नेपालखोज २०८२ जेठ ७ गते ७:१४

काठमाडाैं । विश्व स्वास्थ्य संगठनका महानिर्देशकले गाजामा २० लाख मानिसहरू भोकमरीको सामना गरिरहेका चेतावनी दिएका छन् ।

सोमबार विश्वभरका विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले सम्बोधन गरे ।

‘इजरायली नाकाबन्दी, निकासी आदेश र मानवीय सहायताको लागि ठाउँ साँघुरिँदै गएको छ, जसले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा तनाव दिएको छ’ उनले भने । ‘सजिलै उपचार गर्न सकिने रोगबाट मानिसहरू मरिरहेका छन्, तर महत्त्वपूर्ण औषधिहरू सीमामा अड्किएका छन्’ उनले भने ।

यसैबीच, इजरायलले सोमबार भन्यो कि यसले गाजामा ‘आवश्यक मात्रामा खाद्यान्नू ढुवानी गर्न अनुमति दिनेछ ताकि १० हप्ताको नाकाबन्दी पछि अनिकाल नहोस् ।

प्रतिक्रिया