रुस र युक्रेनले तत्कालै युद्धविरामको लागि वार्ता गर्ने ट्रम्पलकाे दाबी, के भन्छन् पुटिन र जेलेन्स्की ?

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्धविरामका लागि वार्ता सुरु गर्ने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेकाे र याे धेरै राम्रो रहेकाे बताए ।
‘रूस र युक्रेनले तुरुन्तै युद्धविरामको लागि वार्ता सुरु गर्नेछन् र अझ महत्त्वपूर्ण कुरा, युद्धको अन्त्य गर्नेछन्, जसका सर्तहरू दुई पक्षहरू बीचको सहमतिले निर्धारण गरिनेछ’ ट्रम्पले लेखेका छन् ।
ट्रम्पले यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई जानकारी गराएको बताए । यसबाहेक ट्रम्पले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मेर्ट्ज र फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबलाई यसबारे जानकारी गराएका छन् ।
यस विषयमा पुटिनले शान्तिको लागि रुस युक्रेनसँग ‘सम्झौता’ बारे छलफल गर्न तयार रहेको बताएका छन् । यद्यपि, उनले यस सम्झौतामा के-कस्ता कुराहरू समावेश हुनेछन् भन्ने कुरा स्पष्ट भने पारेका छैन् ।
त्यस्तै, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन, रुस, अमेरिका, युरोपेली संघ देशहरू र बेलायतबीच ‘उच्च-स्तरीय’ बैठक गर्ने विचार गरिरहेको बताएका छन् ।
जेलेन्स्कीले अमेरिकालाई यी छलफलहरूबाट आफूलाई टाढा नराख्न पनि अपील गरे । उनले भने कि ‘रूसले पनि अर्थपूर्ण वार्तामा संलग्न हुन तत्परता देखाउनु आवश्यक छ ।’ बीबीसीबाट
प्रतिक्रिया