विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
नेपालखोज
२०८२ जेठ ७ गते १७:५६

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो । त्यसलगत्तै सभामुख देवराज घिमिरेले विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदलाई विधेयक शाखामा दर्ता गराउन आग्रह गरे ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।
सम्बन्धित
प्रतिक्रिया