पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिनेछ : अध्यक्ष दाहाल

काँक्रेविहार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिने बताएका छन् ।
आज चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको र त्यसमा पार्टीले ध्यान दिने बताए ।
अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानकै उत्कृष्ट कार्यक्रम यहाँ भएको भन्दै चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको उल्लेख गरे ।
‘पार्टीप्रति रुकुमबासीको माया, समर्थन र सहभागिता कहिल्यै बिर्सने छैन’, उनले भने, ‘यहाँका जनताप्रति हाम्रो जिम्मेवारी झनै बढेको छ । विकासका योजना र पार्टीको प्राथमिकता अब रूकुममै केन्द्रित गर्नेछौँ ।’
कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । -रासस
प्रतिक्रिया