‘विकास-निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा’
नेपालखोज
२०८२ जेठ ८ गते ११:०६

तनहुँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास-निर्माणका कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताएका छन् ।
नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उनले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघिबढ्ने बताए ।
पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । बजेट छर्ने प्रवृत्तप्रति लक्ष्य गर्दै उनले त्यसो भनेका छन् ।
प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याए । कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया