अर्थमन्त्रीले दिए नवनियुक्त गभर्नर पौडेललाई बधाई
नेपालखोज
२०८२ जेठ ८ गते १२:०७

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई बधाई दिएका छन् ।
नवनियुक्त गभर्नर पौडेले आज बिहान अर्थमन्त्रालय पुगेर अर्थमन्त्रीसँग भेटवार्ता गरेका हुन् । यही अबसरमा अर्थमन्त्रीले नवनियुक्त गभर्नर पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् ।
अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए ।
सम्बन्धित
प्रतिक्रिया