बुधबार, जेठ ८, २०८२

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

नेपालखोज २०८२ जेठ ८ गते १४:३९

ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ भन्ने बताएका छन् ।

खाद्यका लागि कृषि अभियानले २०८२ गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म भएको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उनले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने र खाद्यका लागि जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नका लागि प्राप्त सुझावअनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिए । उनले जैविक कृषिले सबै नेपालीलाई आत्मनिर्भर बनाउने कार्यमा सबै मिलेर लागौँ भन्ने धारणा राखे ।

उनले सिङ्गै नेपालीलाई आत्मनिर्भर बनाउने गरी उत्पादन र त्यसको उपलब्धि हेरेर १५ देखि ८५ प्रतिशतसम्म अनुदान दिने काम सरकारी तहबाट भएको बताए ।

प्रतिक्रिया