अमेरिकामा आवासीय क्षेत्रमा विमान दुर्घटना, धेरै घरमा आगलागी
नेपालखोज
२०८२ जेठ ९ गते २०:३८

काठमाडाैं । अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटना आवासीय क्षेत्रमा भएको थियो । यस दुर्घटनाले धेरै घर र कारहरूमा आगलागी भएको थियो ।
बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यस दुर्घटनामा करिब १५ घरमा आगलागी भएको छ । धेरै ब्लकहरूमा बस्ने अरूले आफ्नो घर खाली गर्नु परेको छ । यस दुर्घटनामा कोही घाइते भए वा विमानमा को(को सवार थिए भन्ने कुरा अझै थाहा भएको छैन ।
संघीय उड्डयन प्रशासनले दुर्घटनाग्रस्त विमानको मोडेलमा छ देखि आठ जना यात्रु बोक्न सक्ने बताएको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया