शनिबार, जेठ ११, २०८२

सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

नेपालखोज २०८२ जेठ १० गते १०:५३

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको सामान्य गिरावटको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार पाँचमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया