‘पार्टीका नेताले गरेको योगदानलाई जनतासामू लैजान जरुरी छ’
नेपालखोज
२०८२ जेठ ११ गते १५:५६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका नेताहरुले गरेको योगदानलाई जनतासामू लैजान जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा कांग्रेसका नेता तथा स्याङ्जाका पुर्व सभापति एवं पुर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरुले गरेका योगदानलाई जनतासामू लैजान जरुरी रहेको बताएका हुन् ।
उनले नेताले छाडेर गएका बाँकी कामहरुलाई सवै मिलेर पुरा गर्नुपर्ने धारणा राखे । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे ।
सम्बन्धित
प्रतिक्रिया