एमाले सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?
नेपालखोज
२०८२ जेठ १२ गते ७:४८

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान साढे ११ बजे सचिवालयको बैठक बस्न लागेको हाे ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन)का रूपमा पठाउन पनि बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन् । इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ भने बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ । बैठकमा ती नामहरूमाथि समेत छलफल हुने गौतमले बताए ।
सम्बन्धित
प्रतिक्रिया