आइतबार, जेठ १२, २०८२

ताइवानले भन्यो- चिनियाँ लडाकु विमान र युद्धपोतहरू हाम्राे क्षेत्रमा प्रवेश गरे

नेपालखोज २०८२ जेठ १२ गते १०:०३

काठमाडाैं । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार चिनियाँ विमान र उनीहरूका युद्धपोतहरूले सीमा उल्लंघन गरेको बताएको छ। तिनीहरू ताइवान वरिपरि घुमिरहेको देखिएको छ ।

‘आइतबार बिहान ६ बजेतिर, पिपुल्स लिबरेशन आर्मीको लडाकु विमानले ताइवान वरिपरिको मध्य रेखा पार गर्यो र आठ पिपुल्स लिबरेशन आर्मी नेवी युद्धपोतहरूले सीमा उल्लंघन गरे’ राष्ट्रिय रक्षा मन्त्रालयले सामाजिक सञ्जाल खाता x मा लेख्यो ।

राष्ट्रिय रक्षा मन्त्रालयले भनेको छ, ‘हामीले परिस्थितिमाथि नजर राखेका छौं र तदनुसार प्रतिक्रिया दिएका छौं।’ राष्ट्रिय रक्षा मन्त्रालयले शनिबार यसअघि ताइवान वरिपरि आठ चिनियाँ विमान, १३ युद्धपोत र दुई आधिकारिक जहाज देखिएको बताएको छ । बीबीसी

प्रतिक्रिया