बुधबार, जेठ १५, २०८२

माओवादीको पदाधिकारी बैठक सुरू

नेपालखोज २०८२ जेठ १३ गते ९:४६

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक सुरु भएको हाे ।

गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेसपासँग पार्टी एकताबारे निर्णय, अभियानको समीक्षा, समसामयिक राजनीतिबारे छलफल हुनेछ । सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्याङ्क्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो ।

कार्यक्रममा अध्यक्ष दाहाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया