आइतबार, जेठ १९, २०८२

गणतन्त्रलाई सुदृढ बनाउन सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने

नेपालखोज २०८२ जेठ १६ गते १०:५६

बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणततन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले देशमा सबैखाले निरङ्कुशताविरुद्ध सम्पूर्ण राजनीतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै आज पनि गणतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको बताए ।

मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउँदै राष्ट्र निर्माणको मूल प्रवाहमा समाहित गरेको उल्लेख गर्दै सन्देशमा प्रदेश प्रमुख देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन कायम गर्न सम्भव भएकाले यसलाई संस्थागत गर्न सबै पक्ष लाग्नु जरुरी भएको बताए ।

प्रतिक्रिया