बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्छ : गभर्नर पौडेल
नेपालखोज
२०८२ जेठ २० गते १७:०७

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्ने बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर पौडेलले कर्जा विस्तारलाई केन्द्रीकृत गर्नुभन्दा उत्पादन क्षेत्रलाई ध्यान दिएर कर्जा विस्तार गर्नुपर्ने बताएका हुन् ।
उनले अहिले कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बिषय राष्ट्र बैंकको चासोको बिषय भएको बताउए ।
उनले कर्जा विस्तारको तथ्याङ्कलाई हेर्दा केही व्यक्तिलाई मात्रै धेरै ऋण गएको छ कि भन्ने देखिएको धारणा राखे ।
सम्बन्धित
प्रतिक्रिया