जनकपुरधाम स्थित जिरोमाईल चोकमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ स्थित जिरोमाईल चोकमा बिआर ३० एजि ८४९७ नम्बरको मोटरसाइकल र म.प्र.०२-००७ प ०६७३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा म.प्र.०२-००७ प ०६७३ नम्बरको मोटरसाइकल चालक महोत्तरी जलेश्वर नगरपालिका-११ बस्ने ४० वर्षीय हेमराज पाण्डेयको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बिआर ३० एजि ८४९७ नम्बरको मोटरसाइकलमा सवार चालक समेत २ जनाको स्वस्तिका अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
बाराको कलैया उपमहानगरपालिका-१ बाल मन्दिरस्थित सडकमा वीरगंजबाट कलैयातर्फ आउँदै गरेको ना.१ क ८०५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१ मोतिबाघ डेरा गरी बस्ने भारत मोतिहारी आठ मुहान घर भएका हरेराम साहकी छोरी ६ वर्षीया सिवानी गुप्ताको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया