शुक्रबार, जेठ २४, २०८२

‘सरकार-व्यवसायी सहमतिपछि सिण्डिकेट पुन: फर्कने खतरा’

नेपालखोज २०८२ जेठ २१ गते १०:५४

काठमाडाैं । सरकारले गएराति व्यवसायीसँग गरेको सहमतिले यातायातको क्षेत्रमा फेरि सिण्डिकेट कायम हुने सांसद तथा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।

मंगलबार बिहान प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा धाराणा राख्दै उनले यातायात व्यवसायीसँग झुकेर सरकारले सिण्डिकेटलाई संरक्षण गरेको आरोप लगाए । उनले भने, ‘पहिले तोडिएको सिण्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’

अहिले राइड सेयरिङले धेरै सहज भएको भन्दै उनले राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने बताए ।

उनले सिण्डिकेट कायम गर्न पाऊँ भनी व्यवसायीले गरेको आन्दोलनलाई सरकारले समर्थन गरेको आरोप लगाए । सरकार र यातायात व्यवसायीबीचको सहमतिले सर्वसाधारणलाई ठूलो समस्यामा पार्ने उनको भनाइ छ ।

प्रतिक्रिया