छुवाछूत अन्त्य गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्ने
नेपालखोज
२०८२ जेठ २२ गते ८:४५

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्य गर्न राज्यले गरेका घोषणा र सङ्कल्पलाई व्यवहारमा कार्यान्वयन गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
जातीय भेदभाव तथा उन्मूलन दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली समाजमा रहेका सबै प्रकारका असमानता, उत्पीडन, विभेद र विकृति, विसङ्गतिको अन्त्य गर्ने सङ्कल्पका साथ नयाँ संविधान जारी भएको बताए ।
साथै अध्यक्ष विश्वकर्माले छुवाछूत अन्त्य गर्न संविधानले गरेका सबै व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । -रासस
सम्बन्धित
प्रतिक्रिया