शुक्रबार, जेठ २४, २०८२

भिजिट भिसा प्रकरणमा मइले संसदमा नै जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लेखक

नेपालखोज २०८२ जेठ २२ गते १६:४४

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफुले संसदमा नै जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सांसदले भिजिट भिसा प्रकरणका बिषयमा प्रश्न उठाएपछि मन्त्री लेखकले उक्त बिषयमा सदनमा नै र उठेका सवै प्रश्नको जवाफ दिने बताए । अहिले बिमानस्थल अध्यागमनका कर्मचारीमाथि अख्तियारले छानविन गरिरहेको उहाले जानकारी दिए ।

त्यस्तै मन्त्री लखेकले राजावादीको आन्दोलन रोकिएपछि राजतन्त्र समर्थक नेतालाई यसअघि दिइएको सुरक्षाकर्मी पुन खटाइने बताए । सुरक्षाकर्मीहरु आन्दोलनमा खटिनुपर्ने भएकाले उनीहरुलाई फिर्ता बोलाइएको उनको भनाइ छ ।

मन्त्री लेखकले संविधान बिरोधी काममा नलाग्न आग्रह गर्दै अराजक गतिविधि भए राज्यले आवश्यक कारवाही गर्ने स्पष्ट पारे । गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशीताबाट पछि फर्कने कुराले मुलक अन्धकारतर्फ लैजाने उहाले बताए ।

प्रतिक्रिया