मंगलबार, पुष १, २०८२

मुख्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

नेपालखोज २०८२ भदौ ४ गते १५:३३

काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४,००,४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ ।

जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ७२ हजार तनि सय ७२ कित्ताको न्यूनतम मूल्य तीन सय रुपैंयाँ र न्यूनतम आवेदन पाँच हजारकित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य तीन सय ७५ रुपैंयाँ र न्यूनतम आवेदन पाँच हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका सात हजार नौं सय ६८ कित्ताको न्यूनतम मूल्य तीन सय ३० रुपैंयाँ र न्यूनतम आवेदन एक हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको एक हजार तीन सय १५ कित्ताको न्यूनतम मूल्य एक सय रुपैयाँ र न्यूनतम आवेदन एक हजार तीन सय १५ कित्ता शेयरहरु बिक्रीमा राखिएका छन् ।

कम्पनीका अनुसार इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम एक सय रुपैंयाँ तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी यही भदौ २४ गते अपरान्ह तीन बजेभित्र बुझाउनुपर्नेछ । प्राप्त बोलपत्रहरु भाद्र २५ गते बिहान ११ः०० बजे कार्यालयमा खोलिने छ ।

यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका शेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिने छ । मुख्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावली अनुसार गर्ने छ ।

प्रतिक्रिया