सोमबार, पुष ७, २०८२

अन्तर्राष्ट्रिय ‘आउटस्टान्डिङ प्रिन्सिपल अवार्ड’ का लागि कमल खनाल चयन

नेपालखोज २०८२ असोज २२ गते १३:४१

काठमाडाैं । सुन्दरहरैंचा नगसपालीका-१० स्थित हिमालय इङ्ग्लिस स्कूल संस्थापक तथा प्रिन्सिपल कमल खनाललाई ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५’ अन्तर्गत ‘आउटस्टान्डिङ प्रिन्सिपल अवार्ड’ प्रदान गरिने भएको छ ।

उक्त अवार्ड अष्ट्रेलियास्थित Exito Events नामक संस्थाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय सम्मान हो। यो वर्षको पुरस्कार वितरण कार्यक्रम अक्टोबर १४ मा मलेसियाको राजधानी क्वालालम्पुरस्थित Lincoln University मा आयोजना हुँदैछ । कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स, बांग्लादेश, अमेरिका, बेलायतलगायत विभिन्न देशका शिक्षाविद्, शैक्षिक संस्था तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिनेछ ।

खनालले लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित रही सुन्दरहरैंचा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवर्द्धन, नेतृत्व विकास र सामुदायिक शिक्षा सशक्तीकरणमा महत्वपूर्ण योगदान पुयाउँदै आएका छन् । उनीद्वारा स्थापना गरिएको हिमालय इङ्ग्लिस स्कूलले शैक्षिक नवप्रयोग, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

यसै सन्दर्भमा प्रिन्सिपल खनाल अक्टोबर ५ देखि १५ सम्मको अवधिमा सिंगापुर, थाइल्यान्ड र मलेसियाका विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयहरूको भ्रमणमा छन् । भ्रमणको उनले अन्तर्राष्ट्रिय शैक्षिक प्रतिनिधिहरूसँग अनुभव आदान-प्रदान तथा साझेदारी सम्बन्ध विस्तार गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया