शुक्रबार, वैशाख २६, २०८२

बुधबार १४.६८ अंक बढेर नेप्से १६०० विन्दु माथी उक्लियो, ३ अर्ब ३५ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज २१ गते १६:१३

काठमाडौं । बुधबारको कारोबारमा नेप्से परिसूचक १४ दशमलव ६८ अंक बढेर १६०० विन्दु माथी उक्लिएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ दशमलव १७ अंक बढेर १ हजार ५८६ दशमलव २९ अंकमा बन्द भएको बजार बुधबार दोहोरो अंकले बढेको हो । यस दिन १ हजार ५९३ दशमलव शून्य ५ विन्दुुदेखि खुला भएको बजार १ हजार ६०० दशमलव ९७ विन्दुमा अडिएको हो । यो दिन ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव १७ अंक बढेर ३१६ दशमलव ३९ विन्दुमा पुगेको छ ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढी भएको छ । मंगलबार २ अर्ब ५१ करोडभन्दा बढीको कारोबार भएको थियो । बुधबार भने ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । यो दिन १९५ कम्पनीको १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर कारोबार भएको हो ।

बुधबार कारोबारमा आएका १२ समूहमध्य उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ३ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ भने बाँकी समूहको बढेको छ । यस दिन सर्वाधिक जलविद्युत समूहको परिसूचक ५ दशमलव ५४ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको ३ दशमलव ९ प्रतिशत, होटल समूहको २ दशमलव ९८ प्रतिशत, वित्तको २ दशमलव ९४ प्रतिशत, बैंकिङको शून्य दशमलव ४४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९६ प्रतिशत, अन्यको शून्य दशमलव ४६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १८ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ४९ प्रतिशत परिसूचक बढेको छ ।

बुधबार सर्वाधिक रकमको कारोबार अरुण काबेली पावरको भएको छ । य अरुण काबेली पावरको १५ करोड २९ लाख २३ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीहरुमध्य नौं जलविद्युत कम्पनी रहेका छन् । अरुण कावेली पावर, अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, हिमाल दोलखा हाइड्रो , हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेण्ट कम्पनी, अपर तामाकोशी, अपि पावर, बुटवल पावर , युनाइटेड मोदी र शिवम् सिमेण्ट सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र परेका हुन् ।

दोहोरो अंकले बढेको बजारमा चार कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेण्ट बैंक, बरुण हाइड्रो, साञ्जेन जलविद्युत कम्पनी र कर्णाली डेभलपमेण्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको हो । यो दिन लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य सर्वाधिक ३ दशमलव ११ प्रतिशलते घटेर अन्तिम मूल्य ८ रूपैयाँ ७२ पैसा कायम भएको छ ।

प्रतिक्रिया