शुक्रबार, मंसिर २६, २०८२

बलिङ कसिलो गर्दा खेल जित्यौं : कप्तान पौडेल

नेपालखोज २०८२ मंसिर २५ गते ६:४९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ‘इलिमिनेटर’ खेल जितेर लुम्बिनी लायन्स दोस्रो ‘क्वालिफायर’मा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै लुम्बिनी क्वालिफायरमा प्रवेश गर्यो ।

लुम्बिनीले अब बिहीबार विराटनगर किङ्ससँग दोस्रो ‘क्वालिफायर’मा प्रतिस्पर्धा गर्नेछ । दोस्रो ‘क्वालिफायर’को विजेताले ‘फाइनल’मा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले अबको ध्यान बाँकी खेल कसरी जित्ने भन्नेमा रहेको बताए । सञ्चारकर्मीसँगको कुराकानी पौडेलले बलिङ पक्ष राम्रो हुँदा खेल जित्न सम्भव भएको सुनाए ।

काठमाडौंलाई कम ‘स्कोर’मा रोक्दा जित निकाल्न सहज भएको उनको भनाइ छ । प्रतियोगिताबाट बाहिरिएको काठमाडौँका प्रशिक्षक मोन्टी देसाइले ब्याटिङबाट कम रन बन्नु नै हारको मुख्य कारण बनेको बताए ।

प्रतिक्रिया