काठमाडौं उपत्यकामा आज तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाे बीच रहने
नेपालखोज
२०८२ मंसिर २५ गते ८:४१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । काठमाडौं उपत्यकामा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ । –रासस
सम्बन्धित








प्रतिक्रिया