नेप्से आज एक अंकले बढ्दा तीन अर्ब २२ करोडका सेयर काराेबार

काठमाडौं । नेप्से पुन: उक्लिएको छ । अघिल्लो दिन तीन दशमलव २७ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि एक दशमलव ३७ अंकले बढेर २५ सय ८५ दशमलव ८७ अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९४ अंकले बढेर चार सय ४८ दशमलव ५३ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको ६२ हजार सात सय ६८ पटकको कारोबारमा ७२ लाख २४ हजार नौ सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार छ सय ६३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा छवटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेको छ । जसमध्ये वाँणिज्य बैंक समूहको सूचक सात दशमलव १० अंकले बढेर १३ सय ४९ दशमलव ९४ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सुचक पनि ९३ दशमलव ५१ अंकले बढेर १० हजार सात सय ९४ दशमलव ८३ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, उत्पादनुमलक, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः २५ दशमलव शून्य पाँच, नौं दशमलव ५४, शून्य दशमलव शून्य नौ र १० दशमलव २८ अंकले बढेका छन् ।
विकास बैंक समूहको सूचक भने आज ४५ दशमलव ९६ अंकले घटेर पाँच हजार तीन सय आठ दशमलव ७७ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक पनि १२ दशमलव ७२ अंकले घटेर २२ सय ६० दशमलव ९३ अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि नौं दशमलव ७४ अंकले घटेर ३२ सय ९२ दशमलव ९४ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि नौ दशमलव ८१ अंकले घटेर १२ हजार आठ सय २४ दशमलव ५९ अंकमा झरेको छ ।
यि बाहेक लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः शून्य दशमलव शुन्य चार, सात दशमलव ८२ र छ दशमलव ५३ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने एसवाई प्यानल लिमिटेड पहिलो स्थानमा परेको छ ।








प्रतिक्रिया