राखेप बोर्डमा पाँच सदस्य नियुक्त

नेपालखोज २०८२ पुष ११ गते २०:२६

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डमा पाँच सदस्य नियुक्त गरेको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्को बोर्डमा रिक्त रहेका पदमा पाँच जनालाई नियुक्त गरेका मन्त्रीका स्वकीयसचिव विनोद रिमालले जनाकारी दिए ।

परिषद्मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगतबहादुर टमाटा, रग्बी सङ्घका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज (नारा)को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो सङ्घको तर्फबाट कुमार लामा घिसिङ र उद्योग वाणिज्य महासङ्घको सिफारिसमा प्रयास कार्कीलाई नियुक्त गरिएको हो ।

चार वर्षका लागि नियुक्त गरिएका सदस्यहरूको आजै शपथ ग्रहण गरिएको छ । -रासस

प्रतिक्रिया