नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुग्यो
नेपालखोज
२०७७ असोज ३० गते १८:३५
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको हो ।
कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया