घट्यो सुनचाँदीको मुल्य
नेपालखोज
२०७७ पुष ७ गते ११:१६

काठमाडौं । मंगलबार सुनको मुल्य घटेको छ । आज नेपाली बजारमा सुनको मुल्यमा ३ सय रुपैंयाको गिरावट आएको हो ।
सोमबार ९५ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३ सय रुपैंयाले घटेर प्रतितोला ९४ हजार ९ सय रुपैंयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य ९४ हजार ४ सय रुपैंया रहेको छ ।
यसैेगरी मंगलबार चाँँदीको मुल्यमा पनि ५ रुपैंयाले घटेर १३ सय १५ रुपैंयामा कारोबार भएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय २० रुपैंया रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया