सुनको मूल्यमा गिरावट
नेपालखोज
२०७७ माघ ११ गते ११:१९

काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो कारोबार दिन आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतवार चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । शुक्रवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भएको हो ।
सम्बन्धित
प्रतिक्रिया