आइतबार, जेठ ५, २०८२

कोरोना खोप अभियानकाे दोस्रो दिन : बिहीबार २८ हजारभन्दा बढीले लगाए

नेपालखोज २०७७ माघ १५ गते २२:२६

काठमाडौं । कोरोना खोप अभियानको दोस्रो दिन बिहीबार २८ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मत्रालयका अनुसार ७७ जिल्लामा कुल २८ हजार ७ सय ३२ जनाले बिहीबार खोप लगाएका हुन् ।

विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप लगाएको जनाएको छ ।

बुधबार र बिहीबार खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

खोपको पहिलो दिन बुधबार ९ हजार ८४ जनाले खोप लगाएका थिए । बुधबारदेखि ७७ वटै जिल्लामा सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३ सय खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया