जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०७७ माघ २४ गते १६:४२

मकवानपुर । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका ३ घट्टेडाँडा बस्ने ४५ वर्षीय भिम बहादुर मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
मोक्तानले ती महिलालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया