रसुवामा बाइक दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

काठमाडौँ । रसुवामा सवारी दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक प्रहरी हवल्दार भने गम्भीर घाइते भएका छन् ।
उक्त दुर्घटनामा चितवन घर भई कालिका गाउँपालिका १ स्थित अस्थायी प्रहरीचौकीमा कार्यरत २९ वर्षीय प्रहरी जवान इन्द्रप्रसाद अर्यालको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार राति कालिका गाउँपालिका १ स्थित राम्चेमा गस्ती गरी ग्राङतर्फ फर्कने क्रममा प्रदेश ३ प ३३७५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मोटरसाइकल सडकबाट २० मिटर तल खसेको अवस्थामा फेला परेको थियो । सो घटनाको बारेमा प्रहरीले छानबिन गरिरहेको छ ।
सोही चौकीमा कार्यरत नुवाकोट घर भएका प्रहरी हवलदार ३५ वर्षीय राजेन्द्र लामा दुर्घटनामा गम्भीर घाइने भएका छन् भने उनलाई थप उपचारको लागि नेपाल प्रहरीले महाराजगंज शिक्षण अस्पताल पुर्याएको छ ।
प्रतिक्रिया