आइतबार, जेठ ५, २०८२

शिक्षक हत्याको आरोपमा विप्लवसहित ४२ जनाविरूद्ध मुद्दा

नेपालखोज २०७७ फागुन ३ गते २२:२६

काठमाडौं । शिक्षकको हत्या आरोपमा नेत्रविक्रम चन्द विप्लवसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

सोमवार मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्यामा विप्लवसहित ४२ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । अदालतमा ४१ जना फरार सूचीमा मुद्दा दर्ता भएको र एक जनालाई प्रहरीले पक्राउ गरिसकेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

गत मंसिर २३ गते मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको विप्लव समूहले हत्या गरेको थियो ।

प्रतिक्रिया