शुक्रबार, वैशाख १९, २०८२

राष्ट्रपतिको उपत्यका ‘शहेर’मा जनतालाई सास्ती, बीच बाटोमै रोकियो एम्बुलेन्स (फोटोफिचर)

नेपालखोज २०७७ फागुन ४ गते १२:०७

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु सडकमा निस्कनै हुँदैन । घण्टौ सडक जाम, सवारी आवागमन ठप्प । सर्वसाधारणलाई सडकमा घण्टौ जाममा पारेर भीआइपीहरु अगुवा पछुवा गाडीसहित हुइकिन्छन् ।

यो समस्या आज वा केही दिनदेखिको होइन, राजाका पालादेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दासम्म जारी छ । गणतन्त्रमा जनताका प्रतिनिधिको सवारी हुँदा समेत सास्ती उस्तै छ। यस्तो सास्ती यस पटक मात्रै होइन पटक पटक सर्वसाधारणले खेप्दै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमन हुँदा झन सास्ती हुन्छ । सडक होस् वा आकास भीभीआइपी हिँड्नै हुँदैन सवारी आवागमन ठप्प हुन्छ । आकासका विमान आकासमै होल्ड हुन्छन् भने सडकमा सवारी ठप्प ।

राष्ट्रपति उपत्यकाका कुनै पनि ठाउँमा सवारी हुँदा एकतर्फी बाटो बन्द गर्ने गरिन्छ । यस्तै मंगलबार परेको श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा आज (मंगलबा) हनुमानढोका दरबारमा वसन्त श्रवण कार्यक्रम राखिएको थियो । हनुमानढोका दरबारको नासल चोकमा पुगेर राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम अनुसार विहानै देखी उक्त क्षेत्रको सडकलाई पूर्ण रुपमा बन्द गरियो ।

उपत्यकाका सबै रुटको बस विसौनी क्षेत्र रत्नपार्क तथा टुडिखेल वरपरको क्षेत्रभएका कारण सामान्य अवस्थामा समेत ट्राफिक जामको अजस्था रहन्छ । झन् कार्यालय समयमा यो क्षेत्रमा सवारीको चाप त्यतीकै रहेको हुन्छ । राष्ट्रपतिको सयरले आज उक्त क्षेत्रसँगै राष्ट्रपति कार्यालयसम्म नै सडक खालि गराइएको थियो ।

त्यती मात्रै होइन भित्रि सडकमा समेत सवारी जामको स्थिती रहेको थियो । एम्बुलेन्सबीच बाटोमै रोकिएका थिए ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु आवतजावत गर्दा सुरक्षा खतरा भएकोले यस्तो गर्नु परेको सुरक्षा निकायको ठहर छ।

वर्षेनी सडकले थेग्न नसक्ने गरी सवारी आयात भइरहेको छ । सडक मर्मत छैन । चौडा छैन । साँघुरा सडकमा भीभीआइपीको सवारी हुन्छ । सार्वजनिकभन्दा निजी सवारी बढी छन् । त्यसैमाथि राष्ट्रपति वा प्रधानमन्त्री आउने भनेपछि प्रहरीले एक घण्टा अघिदेखि नै खडक खाली गर्छ ।

प्रतिक्रिया