चितवनमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
नेपालखोज
२०७७ फागुन ५ गते १६:४५

चितवन । माडीको इन्द्रबस्तीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
माडी नगरपालिका ८ स्थित टुनामुना खोला सिरानमा ढुंगा लिन जाने क्रममा बिहान करिब साढे ९ बजे ना.५त ३०४५ नम्बरको ट्र्याक्टर दुघर्टना भएको हो ।
दुर्घटनामा परेर सोही ठाउँका २२ वर्षीय ट्र्याक्टर चालक मनोज सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया