मंगलबार, वैशाख ३०, २०८२

टोटेनहम हट्स्परले अष्ट्रियन क्लब उल्भस्बर्गलाई ४–१ गोलले हरायो

नेपालखोज २०७७ फागुन ७ गते ७:४६

काठमाडौं- प्रिमियर क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब उल्भस्बर्गलाई युरोपा लिगअन्तर्गतको बिहीबार राति सम्पन्न खेलमा ४–१ गोलले हराएको छ।

उल्भस्बर्गकै मैदानमा सम्पन्न खेलमा टोटेनहमका लागि सन ह्युङ मिन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लोस भिनिसियसले १–१ गोल गरे।

ब दोस्रो लेगको खेलमा टोटेनहमले फेब्रुअरी २४ मा उल्भस्बर्गलाई घरेलु आतिथ्यता प्रदान गर्नेछ।

प्रतिक्रिया