एनएनआईपीए स्पोर्टस अवार्ड आज हुँदै
नेपालखोज
२०७७ फागुन ८ गते ९:३८

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्ड आज हुँदैछ । एनएनआईपीए स्पोर्टस अवार्ड कार्यक्रम मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा हुनेछ ।
अवार्ड कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ । आयोजक खेलाडी संघले अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताईसकेको छ । अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १/१ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले जनही १०/१० हजार प्राप्त गर्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया