आइतबार, जेठ ५, २०८२

नियन्त्रित लागूऔषध सहित एक नियन्त्रणमा

नेपालखोज २०७७ फागुन १० गते १८:०१


काठमाडौं । चन्द्रागिरी नगरपालिका २ स्थितनागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३ हजार ट्याब्लेट नाइट्राजेपाम, ३ सय एम्पुल नुर्फिन, ३ सय एम्पुल डाइजेपाम र ३ सय एम्पुल प्रोमेथाइजिन सहित रौतहट बौधिमाई नगरपालिका ३ बस्ने १९ वर्षीय विबेक महतोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७१९४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार महतोको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया